News

सत्तारुढ दल नै सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण : कमल थापा

प्रकाशित मिति : Jul 01, 2020
काठमाडाैं, १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आपसमा मिलेर काम गर्न सुझाव दिनुभएको छ । सिंगो देश एकजुट हुनुपर्नेमा सत्तारुढ दल नै सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण भएकाे भन्दै उहाँले आपसमा मिलेर काम गर्न सुझाव दिनुभएकाे हाे ।

अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा लेख्नु भएको छ, ‘सीमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड-१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुँदै गएको बेला सिंगो देश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ। ५ बर्षको लागि जनताले बहुमत दिएका हुन्, आपसमा मिलेर काम गर्नुहोस् ।’

बालुवाटारमा हिजो बसेकाे नेकपा स्थायी समितिको बैठकमा नेकपाभित्रकाे ‘युद्धविराम’ भंग भएकाे थियाे । उक्त बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राख्नुभएकाे थियाे ।

अहिले पनि नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे छ ।

Related Articles

Back to top button
Close