News

ससुरालाई भैसी र ज्वाईलाई कोट पाइन्ट नदिएको भन्दै २२ बर्षिया युवतीको ज्यान लिएको आ रोप

महोत्तरीमा एक महिलाले दाइजोकै कारण ज्यान गुमाएकी छन् ।

महोत्तरीको सम्सी गाउपालिकी २२ बर्षिय सुनिला यादबलाई दाइजोका कारण उनका परिवारले ह त्या गरेको आरोप माइती पक्षले लगाएका छन् । उनी असार १४ गते आफ्नै घरमा मृत भेटिएकी हुन ।

२०७१ सालमा विवाह भएकी सुनिलालाई धेरै पटक श्रीमान र परिवारका सदस्यले दाइजोको निउँमा बारम्बार या-तना दिने गरेको स्थानियले बताएका छन् ।

श्रीमानले ससुरालीले राम्रो सुट पाइन्ट नदिएको भन्दै सुनिलाई यातना दिने गरेका थिए । ससुराले पनि दाइजो स्वरुप भैसी माग गरेको सुनिलाको माइतीको दावी छ । बर्दिबास १० की सुनिलाको सम्सी गाउपालिका सञ्जिव यादवका साथमा २०७१ सालमा विवाह भएको थियो ।

असार-१३ गते राती पनि सुनिलाका श्रीमान सन्जिब यादब र ससुरा महेश राय यादबले उनलाई कु-टपि-ट गरेको बताइएको छ । उनका ५ वर्षका छोराले पनि आफ्ना बुवाले आमालाई कु-टपि-ट गरेको देखेको बयान दिएका छन् । छोरीको ह त्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

Related Articles

Back to top button
Close