News

प्रचण्ड पुत्र स्वर्गीय प्रकाशको आज जन्मदिन : “बिना मगरले लेखिन् , एक्लै संघर्ष गर्न निकै गाह्रो रहेछ”

२०७४ साल मंसिरमा निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको आज जन्मदिन रहेको छ ।

आफ्ना श्रीमान स्व प्रकाश दाहाललाई सम्झँदै खानेपानी मन्त्री बिना मगरले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्टाटस् लेखेकी छिन् ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एक मात्र स्वर्गीय छोरा प्रकाश दाहालको बुधबार जन्मदिन परेको हो ।

पारिवारिक सदस्य, आफन्त र शुभचिन्तकहरुले प्रकाशलाई श्रद्धाञ्जली दिँदै उनको स्मरण गरिरहेका छन् ।

२०३८ साल असार १७ गते जन्मिएका प्रकाशको २०७४ मंसिरमा निधन भएको थियो । सामाजिक सञ्जाल फेसबुकमा विना मगर स्टाटसको आसय प्रकाशले छाडेर गएको समाजमा संघर्ष गरिरहेको तर, संघर्ष गर्न निकै कठिन रहेको भेटिन्छ ।
यस्तो छ बिना मगरले लेखेको स्टाटस्

‘तिमी पो महान थियौ र जीवनको हरेक चुनौतीहरु सहजै पार गर्यौ ।

आज म तिमीले छोडी गएको यही समाजमा संघर्ष गर्दै छु।कठिन हिदोरहेछ प्रकाश, सारै कठिन हुदोरहेछ।म तिमी कहाॅ हु र,संघर्षका जंघार सहजै तर्न सकु।

केबल तिम्रो सिको गर्दै जीवनका हरेक कठिन मोडहरु पार गर्ने कोसिसमा छु अनि हाम्रा सपनाका थुंगाहरु फेरी उन्ने पर्यत्नमा छु।तिमीलाई जन्मदिनको अपार शुभकामना। love you so much Prakash’

स्वर्गीय प्रकाशका दुई श्रीमती रहेका र उनीहरुबाट एक एकवटा छोरा रहेका छन् ।

स्वगीय प्रकाशकी अर्की श्रीमती श्रृजना भने पोखरामा बस्दै आफ्नो छोराको लालनपालन गरिरहेकी छिन् । विभिन्न समयमा प्रचण्डले विनालाई मात्र स्थान लिएर श्रृजनालाई हेला गरेको भन्ने आशयका समाचारहरु पनि सञ्चारमाध्यममा आउने गरेका छन् ।

Related Articles

Back to top button
Close