News

नाइजेरिया सरकारले घरमा अध्ययन गर्न १० हजार रेडियो बालबालिकालाई बाड्दै

एजेन्सी, १७ असार । कोरोना संकटका कारण नेपाललगायत विश्वका धेरै देशहरूले विद्यालयहरू बन्द गर्नुपरेको छ । जो विद्यार्थीहरूका अभिभावकसँग स्मार्टफोन छ । ति विद्यार्थीहरुले इन्टरनेट मार्फत अनलाइन पढ्न पाएका छन्। तर स्मार्टफोन र इन्टरनेट नभएको विद्यार्थीहरूको पनि ठूलो संख्या रहेका छन् । जो पढाइबाट बञ्चित छन् ।यसैबीच, नाइजेरियाको लागोस सरकारले बच्चाहरूलाई घरमा अध्ययनको लागि १० हजार थान रेडियो सेटहरू वितरण गर्ने योजना बनाएको छ। लागोस स्टेटले भनेका छन्, रेडियो सेट वितरण कोनोना भाइरस महामारीको समयमा विद्यार्थीहरुले आफ्नो पढाई बिगार्न नपरोस् भनेर गरिएको हो ।

राज्य शिक्षा आयुक्त फोलेस्ड एडिफिसयोका अनुसार सरकारले टेलिकम कम्पनीहरूसँग साझेदारी गरी बच्चाहरूलाई अनलाइन अध्ययनका लागि निः शुल्क डाटा दिइनेछ। राज्य सरकार यो अभियानमा घरमा अध्ययन गर्नको लागि सबै सम्भव भए मद्दत प्रदान गर्ने योजनामा रहेको पनि एडिफिसयोले बताए ।

सोमबार नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले प्राथमिक र माध्यमिक अन्तिम वर्ष विद्यार्थीहरूको लागि स्कूल खोल्ने अनुमति दिएका छन् । विद्यार्थीहरुको महत्त्वपूर्ण परीक्षाको लागि तयारी गर्नका लागि खोल्न अनुमति दिएको नाइजेरिया सरकारले जनाएको छ ।

बाँकी विद्यार्थीहरूले घरमा बस्नु पर्ने छन् । लागोसका गभर्नरकी पत्नी जोक सान्भो ओलूले सोमबार ट्वीट गरेकी छिन् ‘उनले रेडियो चन्दामा पाएकी छिन्। ’

Related Articles

Back to top button
Close