News

बिरामी हुँदाहुँदै परिवारले दिए बिहे गर्न दबाव, दुई दिनपछि मृत्यु, सय बढीमा कोरोना संक्रमण

विवाह भएको २ दिनमै भारतको विहारमा बेहुलाको मृत्यु भएको छ भने विवाह समारोहमा सहभागी एक सय बढी पाहुनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।गत जुन १५ तारिखमा पटनाको पालिगञ्ज गाउँका एक इन्जिनियरको विवाह भएको थियो। उनी दिल्लीको गुडगाउँमा काम गर्थे। विवाहका लागि भनेर भाडाकै गाडीमा पटना आइपुगे।

उनको विवाहको तयारी भने जुन ८ देखि सुरू भएको थियो। तर त्यसकै भोलिपल्टदेखि उनी बिरामी पर्न थाले।भारतीय समाचार पत्र एनडिटिभीका अनुसार उनलाई झाडापखाला लागेको थियो भने कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण समेत देखा परेको थियो।उनलाई परिवारले पनि सामान्य औषधि खाएर विवाहको तयारी गर्न दबाव दिएका थिए।

बेहुलाले पनि पटनाको जिल्ला अस्पतालमा सामान्य उपचार गरी आफ्नो विवाहको तयारी गर्न थाले।तर बेहुलाले विवाह गरेको दुई दिनमै ज्यान गुमाए। पहिले देखिनै बिरामी भएर मृत्यु भएको होला भन्ने सोचेर परिवारले पनि अन्तिम संस्कार गरिदिए।उनको मृत्युबारे कोही गोप्य व्यक्तिले पटनाका डिस्ट्रिक म्याजिस्ट्रेट(डिएम) रवि कुमारलाई खबर गरिदिए।

तर अन्तिम संस्कार नै गरिसकेपछि सरकारी अधिकारीहरूले उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि गर्न सकेनन्।विवाहमा सहभागी पाहुनाहरूमा कोरोनाभाइरसको लक्षण देखिन थालेपछि परीक्षण गराउँदा १५ जनामा संक्रमण पुष्टि भयो।त्यसपछि जिल्लाबाट जुन २४ र २६ मा आफन्त तथा छिमेकीहरूको परीक्षण गराउन क्याम्प नै सञ्चालन गरिएको थियो।त्यही अनुसार ट्रेसिङ गरी विवाह र अन्तिम संस्कारमा सहभागी भएका करिब ४०० जनाको स्वाब झिकिएको थियो। उनीहरूलाई आइसोलेसनमा पनि राखिएको थियो। जसमध्ये ८६ जनामा संक्रमण पुष्टि भएको छ। दुलहीको भने कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएको छ।

भारत सरकारले विवाह समारोहमा ५० जनाभन्दा बढी भेला नहुन र अन्तिम संस्कारको लागि पनि २० जना भन्दा बढी भेला हुन नपाइने बताएको छ।विहारमा अहिलेसम्म नौ हजार ७ सय ४४ संक्रमित छन् भने ६२ जनाले ज्यान गुमाइसके। सात हजार जना निको भइसकेका छन्। तर भारतका अन्य प्रदेशको तुलनामा सबभन्दा ढिला परीक्षण विहारमा भइरहेको भारतीय समाचार पत्र एनडिटीभीले जनाएको छ।

Related Articles

Back to top button
Close