News

वर्षौंदेखि बेकार फलिएको सिलाई मेसिनको गोप्य घर्रा खोल्दा जे देखियो …

एजेन्सी। अमेरिकाको कोलम्बिया सहरमा बस्ने क्याथी अर्नाल्डले ५० वर्ष पुरानो सिलाई मेसिन किन्दासम्म उनलाई पनि थाहा थिएन त्यही मेसिनका कारण उनी निकै चर्चित बन्नेछिन् । जीवनमा हामीसँग कहिले हामीले कल्पना नै नगरेका चीज आउँछन् भन्ने सोच्न सकेत सकिँदैन ।,,,भिडियो हेर्न तला क्लिक गर्नुहोला,,,

साउथ क्यारोलिनाको कोलम्बियाकी क्याथी अर्नाल्डने स्थानीय पसलबाट त्यो ५० वर्ष पुरानो सिलाइ मेसिन किनेकी थिइन् । पैसा जम्मा गरेर क्याथीले त्यो मेसिन किनेर घर लिएर आइन् । यो मेसिनको ड्रअरमा केही पुराना कपडा र एउटा कैंची राखिएको थियो ।

जब क्याथीले डङअर बन्द गर्ने कोसिस गरिन् उनलाई यस्तो लाग्यो कि त्यहाँ बीचमा केही चीज अड्किएको छ । जब उनले ड्रअरलाई मेसिनबाटै बाहिर निकालिन् उनले मेसिनमा लुकाएर राखिएको निकै सुन्दर चीज भेट्टाइन् । यो एक चीजका कारण क्याथी निकै चर्चित भइन् । त्यहाँ एउटा पुरानो चिठी थियो ।

यो चिठी अमेरिकी सैनिक वाल्टर स्मिथले आफ्नी श्रीमती रोबर्टालाई लेखेका थिए । दोस्रो विश्वयुद्धमा खटिएका वाल्टरले रोबर्टालाई आफूले कति माया गर्छन् भन्ने कुरा चिठिमा बयान गरिएको थियो । यो चिठि पढेपछि क्याथीले वाल्टर र उनको जीवनबारे एक स्थानीय समाचार च्यानलको सहयोगमा खोजी सुरु गरिन् ।

अन्ततः क्याथीले यो जोडीको बारेमा पत्ता लगाइन् । यो जोडीको कुनै सन्तान त थिएनन् तर आफ्नो मायाका कारण छिमेकमा निकै प्रसिद्ध थिए । वाल्टर युद्धमा शहीद भएका थिए र यो चिठि भेटिनुभन्दा पहिले उनकी श्रीमतीको पनि मृत्यु भइसकेको थियो ।,,,भिडियो हेर्न तला क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button
Close