News

यी हुन् आज त्रिशुलीमा गाडी खस्दा ज्यान गुमाएकी आमा र बेपत्ता छोरी

काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहितको परिवार चढेको गाडी त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । प्युठानबाट बिरामी छोरी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा खस्दा रोकाका श्रीमती र चालकको मृत्यु भएको हो भने छोरी बेपत्ता भएकी

हुन् ।चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान त्रिशुलीमा नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टले बताए ।पिकअप भ्यान दुर्घटना भएलगतै मुकुन्द रोका नदीमा पौडिएर बाहिर निस्किन सफल भएको भट्टले जानकारी दिए । प्युठानको झिमरुक गाउँपालिका–१ घर भएका ३८ वर्षीय घाइते रोक्काको भरतपुरस्थित

पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा मृत्यु हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का र चालक २३ वर्षीय सूर्य केसी रहेका छन् । बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का बेपत्ता छिन् ।पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको जनाएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button
Close