News

साउदीमा दुबै मृगौला फेल भएका संखुवासभाका श्रेष्ठको मृत्यु

दोहा : बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका १० चन्दन्पुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ) को मृत्यु भएको छ ।

बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उपचार गराई रहेका थिए । उनको दुबै मृगौला फेल भएको तथा ब्लड क्यान्सरको कारण मृत्यु भएको रविन ढकालले जानकारी दिए । ढकालका अनुसार झन्डै २० वर्षदेखि साउदीमा कार्यरत रहेका श्रेष्ठको आवश्यक हेरचाहा नपुगेको र डाक्टरले राम्रोसँग ख्याल नगरेको कारण असार १४ गते अस्पतालमै मृत्यु भएको थियो ।

मृत शरिर बेवारिसे जस्तै गरेर अस्पताममा राखेको त्यही अस्पतालमा कार्यरत एक जना नेपालीले जानकारी गराएको ढकालले बताए । मृतकको शवलाई उनी कार्यरत कम्पनीले पनि जिम्मा लिएको छैन भने अस्पतालले पनि अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले बताए ।

जीवित हुदा नेपाल आउने धेरै इच्छा ब्यक्त गरेका थियो तर जीबित छदा ल्याउन नसके पनि अन्तिम संस्कार नेपालमै गर्ने परिबारले चाहाना रहेको छ । त्यसैले साउदीस्थित सामाजिक अभियानता,संघ संस्था लगायत नेपाली महानुभावहरुले पहलकदमी गरि मृत शरिरलाई नेपालसम्म ल्याउन सहयोग गरिदिन समेत ढकालले आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close