News

बिहे गर्दै नायिका केकी अधिकारी, कसकी दुलही बन्दैछिन् ?

नायिका केकी अधिकारी एक सञ्चारमाध्यमलाई उपलब्ध गराएको तस्वीरमा बेहुली बनेकी छिन् । अहिले पाल्पामा छायांकन भइरहेको चलचित्र ‘परदेशी २’ उनी बेहुलीको रुपमा देखिएकी हुन् । यस चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेको बताइएको छ । चलचित्र ‘परदेशी २’मा चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायत अन्य कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको कथामा आधारित नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको यस चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी हुन् । तर, केकी चलचित्रमा कसकी दुलही बनेकी हुन् यो भने खुलेको छैन ।

कोरोनाभाइरसबाट सिर्जित लकडाउनका कारण रोकिएको छायांकन ७० प्रतिशत सकिएको निर्माणपक्षले बताएको छ । ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button
Close