News

परिवारलाई बुलेट बाईक किन्न पठाए, तर, प्रेम आफु भने बाकसमा फर्किए

मङ्सिर १४, दाङ । तुलसीपुरका प्रेम केसीले इण्डियावाट फोन गरि आफ्नो घर परिवारलाई बुलेट बाईक किन्न लगाए । उनको इच्छा पुरा गर्न मंसिर ११ गते घर परिवारले उनकै लागि भनेर बुलेट बाईक किनेर घर ल्याइदिए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

तर, दूभाग्र्य प्रेम आफु भने शनिवार मध्य राति बाकसमा घर फर्किए । इण्डियन आर्मीमा कार्यरत उनले आफु मंसिर २० गते छुट्टि लिएर घर विदामा आउन लागेको बताएका थिए । घर बिदामा आउँदा उनले आफ्नो लागि चढ्नलाई बुलेट बाईक किनेर राख्न लगाए ।

तर, उनी त्यो बुलेट बाइक कुदाउने गरि फर्किएनन् । बरु बाकसमा श’व बनेर फर्किए । ‘भाईको इच्छा अनुसार घर परिवारले बुलेट बाईक किनेर अघिल्लो दिन घर ल्याऔं,’ दाजु नाता पर्ने तुलसी केसीले भने ‘ दोस्रो दिन एका विहानै उस्ले आतं’ककारी हम’लामा परि संसार छोडे छ ।’

प्रेमले ५ तारिकमा आफ्नो बिदा हुने र त्यसपछि घर आउने बताएका थिए । घर बिदामा आउँदा बुलेट बाईक चढ्ने उनको चाहाना भने पुरा हुन पाएन । प्रेमले बाईक किनेको दिन राति पनि आमा, बुवा, परिवार र छोरा छोरीसंग भिडियो सम्वाद गरेको दाजु तलसीले जानकारी दिए ।

यसैबीच प्रेमको शव आइतवार गृह जिल्ला दाङमा हिन्दुपरम्परा अनुसार अन्तेष्टि गरिएको छ । उनको शव शनिवार मध्य रातमा घर ल्याइएको थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button
Close