News

यी हुन् मासिक २० हजार किस्ता तिर्नेले चढ्न सक्ने साना कार

काठमाडौं । नेपालमा सामान्य मानिसले चढ्न सक्ने कार नै उपलब्ध छैन भन्दा हुन्छ । कारमा रहने फिचर र टेक्नोलोजीले विश्वमा नाम कहलिएका गाडी धेरै धनी मानिसको पनि पहुँच बाहिर रहेको छ । यस्तोमा सामान्य कमाई हुने नेपालीले कार चढ्न सक्ने कुरै भएन ।

नेपालमा सरकारले लगाउने उच्च कर र सामान्य कमाई हुने मानिसले बैंकबाट कर्जा समेत सहजै पाउन सक्ने अवस्था छैन । नेपाल राष्ट्र बैंकले गाडी कर्जालाई हरेक वर्ष कडाई गर्दै लगेको छ । कुनैपनि मानिसले अटो कर्जा आफ्नो मासिक आम्दानीको ५० प्रतिशत भन्दा कम रकमले किस्ता तिर्न पुग्नु पर्ने नियम बनाएको छ । यसले कर्जा लिन नै कठिनाई भएको ग्राहकहरुले गुनासो गर्ने गरेका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

अहिले बजारमा वार्षिक व्याजदर ९ प्रतिशत हाराहारीमा पाउन सकिन्छ भने यस्तो कर्जा ७ देखि ८ वर्षसम्मलाई पाउन सकिन्छ । २५ लाखभन्दा कम मूल्यमा बजारमा किन्न पाइने कार ७ वर्षे अवधिको लागि फाइनान्स गर्ने हो भने ग्राहकले २० हजार रुपैयाँ मासिक किस्ता तिर्दा पुग्ने छ ।

अहिले बजारमा मासिक किस्ता २० हजारभन्दा कम तिर्नेगरि विभिन्न कम्पनीले बिक्री गर्ने इन्ट्री लेवल ह्याचव्याक कारहरु खरिद गर्न सकिन्छ । मारुती सुजुकी अल्टो, सेलेरियो, वागेनआर जस्ता मोडलको मूल्य २५ लाख हाराहारी पर्ने हुन्दा यी कार किन्दा २० हजारभन्दा कम मासिक किस्ता तिर्दा पुग्ने छ ।

हुन्डाई सेन्ट्रो पनि कम मासिक किस्तामा किन्न सकिने कार हो । कम्पनीले यसको सुरुवाती मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यसैले यसको मासिक किस्ता २० हजारभन्दा कम पर्ने छ ।

डाट्सन रेडी गो फेसलिफ्ट अर्को २० हजार भन्दा कम मूल्यमा किन्न सकिने कार हो । यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री हुँदै आएको छ ।

रेनो क्वीड फेसलिफ्टको नेपालमा बिक्री सुरु भएको छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैले यसको मासिक किस्ता पनि २० हजारभन्दा कम पर्न आउँछ ।

टाटा टियागोको इन्ट्री लेवल भेरियन्ट पनि २० हजार मासिक किस्ता भन्दा कममा किन्न सकिने कार हो । कम्पनीले टियागोको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ मूल्य राखेर बिक्री वितरण गर्दै आएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button
Close