जो ८० दिन क्वारेन्टाइनमा बसेपछि बल्ल घर जान पाए
गोरखा । गोरखाका एक युवा ८० दिन क्वारेन्टाइनमा बसेपछि बल्ल् घर जान पाएका छन्। अजीरकोट गाउँपालिका ३ सिरानडाँडाका सरोज तामाङ ८० दिनको क्वारेन्टाइन बसाइपछि शुक्रबार घर पुगेका हुन् । विभिन्न पाँच ठाउँमा गरी तामाङ ८० दिन क्वारेन्टाइनमा बसेका तामाङ ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर गएको अजीरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए। भारतको बनारसमा रहेका उनी कोरोना महामारीपछि घर फर्कन हिडेका थिए। वानारस प्रशासनले स्थानीय जागरण पब्लिक स्कुलमा २० दिन र नवोदय स्कुलमा २२ दिन क्वारेण्टाइनमा राख्यो ।
त्यसपछि सुनौली नाकामा आइपुगेका तामाङ सुनौली नाकामा २ दिन, कपिलवस्तुको नमुना माविको क्वारेन्टाइनमा ५ दिन, रुपन्देहीको क्वारेन्टाइनमा ५ दिन बसी गोरखा पुगेका थिए । गोरखा पुगेपछि मनकामना बहिरा माविको क्वारेण्टाइनमा ५ दिन बसेर अजिकोट पुगेका उनी त्यहाँको क्वारेन्टाइनमा १८ दिन बसेपछि बल्ल जेठ ३० गते घर जान पाएका हुन्। पीसीआर परीक्षणको रिपोर्ट नेगेभिट आएपछि तामाङलाई एकसाता होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको स्वास्थ्य शाखा प्रमुख दवाडीको भनाइ छ। अन्नपूर्ण पोस्ट