News
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गर्यो गिरफ्तार
काठमाडौं । तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ ।
यसअघि नेकपाको युवा संघले पौडेलले उद्घाटन गर्ने पुलको विषयलाई लिएर विरोध प्रदर्शन गरेको थियो ।
तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका नेताहरुलाई नियन्त्रणमा लिएको हो ।
विरोध प्रदर्शनको अबस्थाले तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा समेत जारी गरेको थियो ।