News

फेसबुकमा लाइभ गर्दै युवतीद्वारा आ*त्महत्या

दाङ, १८ असार । दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आ*त्महत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आ*त्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान बाँकी रहेको एसपी चन्दले बताए ।

गौतम आफ्नो माइतीमा बस्दै आएकी थ्यिन् । गौतमकी छोरी पहिलाको श्रीमान्सँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । आमाबाबु भारतमा काम गएकोले उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ ।

मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ

Related Articles

Back to top button
Close