News

बलिउडकी अर्की अभिनेत्री पनि कोरोना संक्रमित

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण भयावह स्थितिमा रहेको छ । पाँच लाखभन्दा बढी व्यक्तिहरु यसको चपेटामा आइसकेका छन् । केही बलिउड कलाकारहरु पनि कोरोना भाइरसको शिकार भइसकेका छन् ।

यस्तैमा भारतीय सिरियल इशकबाजकी अभिनेत्री अदिती गुप्ता पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् । उनले आफु बिरामी परेसँगै कोरोना परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको बताएकी हुन् । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेकी छन् ।

उनले आफु घरमा नै आइसोलेशनमा बसेको जानकारी दिएकी छन् । मिडिया रिपोर्टका अनुसार उनी ८ दिनदेखि आइसोलेशनमा रहेकी छन् ।

यसअघि पनि ‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो

उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित भएका थिए ।

मोहनाको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको थियो ।

सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना थिए ।

मोहनाले सोसल मिडियामा आफ्नो पीडा बयान गर्दै आएकी थिइन् । अहिले उनको नतिजा नेगेटिभ आएको छ भने उनको भाइ भने कोरोना संक्रमणबाट मुक्त्त हुन सेकेका छैन्न ।

Related Articles

Back to top button
Close