News

टिचिङ्गमा उपचार गराइरहेको कोरोना संक्रमित ४५ दिनको शिशुको निधन

टिचिङ्गमा उपचार गराइरहेको कोरोना संक्रमित ४५ दिनको शिशुको निधन
कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।

उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । शिशु म्याग्दीवाट हालै उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्च ल्याइएका थिए ।

Related Articles

Back to top button
Close