News

कोरोनाका कारण भारतीय सेनाको व्रिगेडियरको निधन

एजेन्सी, १८ असार । भारतको कोलकातामा बिहीबार कोरोना भाइरसको कारण भारतीय सेनाका एक ब्रिगेडियरको ज्यान गएको छ ।

समाचार एजेन्सी पीटीआईले भारतीय सेनाका स्रोतहरूको उद्धृत गर्दै भनेको छ, कोरोना महामारीको कारण मृत्य भएका सेनाका उच्च श्रेणीका अधिकारी हुन् ।

कोरोनाबाट ज्यान गएका उनी ब्रिगेडियर विकास सम्माल पूर्वी कमान्डमा तैनाथ थिए । उनी संक्रमित पाएपछि ब्यारेकपुरको सैन्य अस्पतालमा भर्ना भएको अधिकारीहरूले बताएका छन् ।

उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई कमाण्ड अस्पतालमा सारिको थियो। मृतक अधिकारीलाई निमोनिया सम्बन्धी अन्य स्वास्थ्य समस्याहरूको कारण सास फेर्न समस्या भएको जनाइएको छ ।

Related Articles

Back to top button
Close