News

थपिए ४७३ जना कोरोना संक्रमित , संक्रमितको संख्या १४ हजार ५१९

काठमाडौ । पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८८३ जना महिला छन् भने १२ हजार ६३६ जना पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न प्रयोगशालामा २४ घण्टाको अवधिमा ४ हजार ५३७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म २ हजार ३७ हजार ७६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या ३८ हजार १०९ रहेको छ भने १० हजार १३७ जना आइसोलेसनमा छन् ।बिहीबार थप ६६४ जनाले कोरोनाले जितेका छन् । अहिलेसम्म संक्रमणमुक्त भएर ५ हजार ३२० जना घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

Related Articles

Back to top button
Close