News

‘इनफ इज इनफ’ का अभियन्तालाई प्रधानमन्त्री ओलीले अस्पताल पुगेर भेटे

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली ‘इनफ इज इनफ’ अभियानका युवाहरूलाई भेट्न अस्पतालमा पुग्नु भएको हो । कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूको उपचार गर्नका लागि अस्पतालमा ल्याएको थियो ।

प्रधानमन्त्री ओली युवाहरूको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुग्नुभएको हो । युवाहरु पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडिको पाटीमा अनसनमा बसेका थिए ।

Related Articles

Back to top button
Close