News

चीनको साढे ३ खर्ब मूल्यको ८३ टन सुन नक्कली ! सुन भनेर राखेको तामा निस्कियो

चीनको कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली भएको खुलासा भएको छ ।

वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको छ ।

बुल्गारियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जीरो हेजका अनुसार चीनको किंगोल्ड नामको कम्पनीले यति ठूलो घोटाला गरेको हो । यो घोटाला विगत ५ वर्षमा गरिएको हो ।

धितोको रुपमा राखिएको यो सुन नक्कली भएको पाइएको छ । ती गोल्डबार सुनका नभइ तामाका थिए र सुनको जलप लगाइएको थियो । यसलाई चीनको सबैभन्दा ठूलो सुनको घोटाला मानिएको छ ।

यो सुनको कारोबार गर्ने विश्वकै सबैभन्दा ठूलो निजी कम्पनी हो । कम्पनीका मालिक पूर्व सैन्य अफिसर जिया झिहोंग हुन् । रिपोर्टका अनुसार किंगोल्डले १६ बिलियन युआन ऋणको लागि सुरक्षा र बीमा प्रयोजनका लागि ८३ टन गोल्ड बार जमानतको रुपमा बैंकको रिजर्भमा राखेको थियो । ती गोल्डबार सुनको जलप लगाइएका तामा भएको पाइएको छ ।

Related Articles

Back to top button
Close