News

काठमाडौँ एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिए लगत्तै काभ्रेमा पनि संख्या बढ्यो

काभ्रे, १९ असार । विभिन्न देशबाट काभ्रे आएका थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। बिहीबार पाँचखाल नगरपालिकाका दुईजना र बनेपा नगरपालिकामा एकजना गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।नरेन्द्र झाले जानकारी दिए। तीनजनामध्ये दुई पुरुष र एक महिला रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

पाँचखाल नगरपालिकामा वडा नं ९ का दिल्लीबाट आएका युवा र वडा नं ६ का साउदी आरबबाट आएका युवामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। असार २ गते नेपाल आइपुगेका पाँचखालका दुई जना युवा समाजकल्यान प्रविमा रहेको क्वारेन्टाइनमा बसिरहेका पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले बताए।

असार २ गतेदेखि नै क्वारेन्टाइनमा विदेशबाट आएर बसिरहेको युवामा कोरोना देखिएपछि मेयर महेश खरेल लगायत नगरपालिकाको स्वास्थ्य टिम पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे बिहीबार जानकारी लिएको कार्कीले जानकारी दिए। विभिन्न देशबाट पाँचखाल क्वारेन्टाइनमा आएका २४ जनाको पीसीआर चेक गरिएको र अन्यलाई संक्रमण नदेखिएको उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले जानकारी दिएको खबर आजको अन्न्पुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Related Articles

Back to top button
Close