News

नातावादको आरोप खेपिरहेकी अभिनेत्री आलियाले शेयर गरिन ‘सडक-२’को पोस्टर

काठमाडौ, असार १८- बलिउड अभिनेत्री आलिया भट्टले चलचित्र न ‘सडक(२’ का पोस्टर शेयर गरेकी छिन् । पछिल्लो समय चलचित्र न ‘सडक(२’ मा देखा परेकी उनले सामाजिक संजालमा तस्विर शेयर गर्दै स्टाटस लेखेकी छिन् । उनले ट्विटरमार्फत् ‘सडक-२’ पोस्टर सार्वजनिक गरेकी हुन् ।

अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि विवादमा तानिएकी उनलाई इन्स्टाग्राममा १० लाख फ्यानले अनफलो गरेका छन् । १० लाख फलोअर्स घटेपछि उनका अब ४ करोड ८० लाख फलोअर्स बाँकी रहेका छन् ।

निर्माता महेश भट्टको निर्देशन रहेको चलचित्र न ‘सडक(२’ २९ वर्ष पुरानो चलचित्र हो । महेश भट्ट यस चलचित्रमा छोरीलाई मुख्य भूमिकामा राखेका छन् । भने यस चलचित्रमा आलियाका अवला सञ्जय दत्त, पुजा भट्ट र आदित्य राय कपुरको मुख्य अभिनय रहेको छ ।

Related Articles

Back to top button
Close