News

पहिरोले गुल्मीमा १८ महिने शिशुको निधन थप २ बेपत्ता

रातीदेखि परेको अविरल बर्षाका कारण आएको पहिरोले गुल्मीमा १८ महिने बालकको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।

गुल्मि जिल्लाको इश्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दिमा राती पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका बसन्त सारुका १८ महिने बालक सिजन सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।

सोही ठाउँमा पहिरोका कारण अन्दाजी २७ बर्षिय इश्वरी खत्री घाइते भएको र उनकी ७ बर्षकी नाम नखुलेकी छोरी बेपत्ता रहेको पन्थले बताए । घटना स्थलमै प्रहरीको टोली जाँदै गरेकाले बिस्तृत बिबरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

यस्तै मुसिकोट नगरपालिका २ निस्तीमा पनि पहिरोमा परि एक जना वेपत्ता भएका छन् । एक घर संगै ८ गोठमा क्षति पुगेको छ ।

विभिन्न बस्ती उच्च जोखिममा मोटोरबाटो पुर्ण रुपमा अबरुद्ध धेरै स्थानमा पहिरो गएको छ। बेपत्ताको खोजी कार्य भैरहेको र प्रहरी र सेना घटनास्थलमा जाँदै गरेको घिमिरेले बताउनुभयो ।

केही समयअगाडी पर्वतको कुश्मा नगरपालिका स्थित दुर्लुङ्ग भन्ने स्थानमा गएको पहिरोले २ परिवारको ९ जनाको ज्यान गएको थियो ।

Related Articles

Back to top button
Close