News

प्रधानमन्त्री ओलीको समर्थनमा भक्तपुरमा युवाहरुको प्रदर्शन

भक्तपुर, १९ असार । शुक्रवार बिहान भक्तपुरको सुर्यबिनायक चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाईदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाईरहेका अवस्थामा सडकमा युवाहरु प्रधानमन्त्री ओलीको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

युवाहरुको समूहले सूर्यबिनायक चोकमा देश र जनातासँग मत माग्दा स्थायी सरकार बनाउने बाचा विपरित सरकार गिराउने खेल खेलेको भन्दै उनीहरुले ओलीको सर्मथनमा प्रर्दशन गरेका हुन् । बिहान चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्री ओलीको तस्बीर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानर सहित जुलुस निकालेका थिए । प्रधानमन्त्री ओलीले भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै ओलीको सर्मथनमा युवाहरुले प्रदर्शन गरेका हुन ।

Related Articles

Back to top button
Close