Video

मुख्यमन्त्री शेरधन राईको से’क्सी आँखा उनकी हुनेवाला श्रीमतिलाई मन पर्छ, यस्तो सुनाइन् बिहेपछिको हनिमुन योजना (भिडियो हेर्नुहोस्)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बिहेले अहिले चर्चा पाएको छ । उनकी हुनेवाला श्रीमतिको सौन्दर्य र उमेर अन्तर पनि चर्चाको बिषय हो । ५० बर्षको उमेरमा बिहे गर्न लागेका मुख्यमन्त्री राइकी हुनेवाला श्रीमतिको उमेर भने २३ बर्षको मात्र भएको बताइन्छ ।

ज्याङ्मु शेर्पा मोडेल समेत हुन् । उनले सनु २०१८ मा दिएको एक अन्तरवार्तामा से क्सी आँखा भएको केटा मन पर्ने बताएकी थिइन् । बिहे पछि उनले दुवई घुम्न जाने समेत बताएकी थिइन् । तर उनले शेरधन राई नै उनको प्रेमी भएको भने त्यतिखेर बताएकी थिइनन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्न लागेका हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र ज्याङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको बताइन्छ छ ।

बिहेपछि मुख्यमन्त्री राईले काठमाडौं र विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने छन् ।

Related Articles

Back to top button
Close