News

१० जनाको निधन, ३३९ नयाँ संक्रमित भेटिँदा ४०१ जना निको भए

पाल कोरोना भाइरसबाट थप १० जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर ४ हजार ८५८ जनाको नमूना परिक्षण गर्दा ३३९ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज भेटिएका संक्रमितमध्ये पुरुषको संख्या २०६ र महिलाको संख्या १३३ रहेको छ ।

योसहित कूल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ जसम्धये २ लाख ६४ हजार ५३८ जना भाइरसमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ४०१ जना भाइरसमुक्त भएका हुन् ।

अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २४० र १३२ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

आज काठमाडौं उपत्यकामा ९५ पुरुष र ५९ महिला गरी १५४ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close