News
इजरायलमा पछिल्लो २४ घण्टामा १ हजार बढी संक्रमित फेला,प्यालेष्टाइनले गर्यो लकडाउन
एजेन्सी, १९ असार । इजरायलमा अप्रिलपछि कोरोना भाइरसको संक्रमणको केसहरूमा ठूलो उछाल आएको देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १०० वटा नयाँ केसहरू फेला परेका छन्।
प्यालेष्टाइन अधिकारीहरूले पश्चिमी किनारमा आजदेखि लकडाउन लगाएको छ । पश्चिमी किनारमा एउटा शहरबाट अर्को शहर जानको लागि कडा प्रतिबन्ध लगाइएको छ र प्रायजसो पसलहरू पाँच दिनका लागि बन्द गरिएको छ।
बिहीबार कोरोनाको ७० वटा नयाँ कोरोना केसहरू त्यहाँ रिपोर्ट गरिएको थियो। ११ बिरामीहरुलाई आईसीयूमा भर्ना गर्नुपरेको थियो। यस तथ्यलाई ध्यानमा राख्दै, इजरायलमा स्वास्थ्य प्रणालीहरुमा बोझ बढ्ने सम्भावना रहेको जनाइएको छ।