News

फेसबुक लाइभ आएर देहत्याग गरेकी एलिसा गौतमको कोठामा भेटियो यस्तो नोटबुक [भिडियोसहित]

काठमाडौ । गएको बुधबार तुलसीपुरकी एक युवती मध्यरातमा फेसबुक लाइभ आइन् । देहत्यागको तयारी गरिरहेको उक्त भिडियो देख्नेले चितवनबाट प्रहरीलाई जानकारी दिए । ति युवतीले नेपाली गीतहरु पनि सुन्दै गरेको भिडियोमा देखिन्थ्यो । भिडियो लाइभ भइरहेको स्थान खोजी गर्न प्रहरी लागिपर्यो । सजिलै नभेटिएपछि प्रहरीको सा इबर क्रा इम ब्युरोमा सम्पर्क गरेर लोकेसन खोजि गरियो । अनुसन्धानपछि तुलसीपुरको रानीजरुवा क्षेत्रबाट भिडियो लाइभ भइरहेको जानकारी पाइयो । यति भैसकेपछि त्यस क्षेत्रका एक युवाको फोन नम्बर पनि प्राप्त भयो । प्रहरीले ती व्यक्तिलाई फोन गरी युवती बसेको घर भेट्यो । यति गर्दासम्म युव तीले पं खामा झु न्डिएर दे हत्याग गरिसकेकी थिइन् ।

यसरी मृत्यु रोज्ने ति युवती तुलसीपुर–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम थिइन् । भिडियोमा पटकपटक नमस्कार गर्दै, कान समात्दै पं खामा झु न्डिन खो ज्दै गरेको देख्न सकिन्थ्यो । भिडियो हेर्दा तीन मिनेटमा सबै काम सकिएको छ । प्रहरीले खोज्दाखोज्दै समय लागेका कारण बचाउन नसकेको बताएको छ । इलाका प्रहरी तुलसीपुरका अनुसार मध्यरातमा घटना भएकाले घर पत्ता लगाउन कठिन भयो ।

गौतमले देहत्याग गर्नु अघि ‘मेरो लाशको म लामी तिमी हुनु’ बोलको गीत बजाएकी थिइन् । राति साढे १ बजेतिर ३ मिनेट ४० सेकेन्डको भिडियो लाइभ गरिएको थियो । भिडियोमा बत्ती अफ गर्दै फेरि पंखाको नजिक पुग्दै, फेरि अन गर्दै गरेको भिडियोमा देखिन्छ । मध्यरातमा घटना भएकाले धेरैलाई थाहा नभएको बताइएको छ ।

उनका छिमेकीहरुका अनुसार एलिसाको दुईपटक विवाह भैसकेको थियो । उनका आमाबाबु रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन् । त्यसपछि नै उनी माइतीमा एक्लै बस्दै आएकी थिइन् । एलिसाको गंगादेव गाउँपालिका–६, रोल्पाका पुरुषसँग ०७० सालमा विवाह भएको थियो । प्रहरीका अनुसार ०७१ पुसमा छोरी जन्मेको र उनी अहिले आफ्ना बाबुसितै रहेको थाहा खुल्न आएको छ । छोरी जन्मेको दुई वर्षपछि एलिसाको सम्बन्धविच्छेद भएको थियो । त्यसको दुई महिनापछि गंगादेव–७ का पुरुषसँग फेरि विवाह भएको प्रहरीले जानकारी दिएको छ ।

तर पछि दोस्रो श्रीमान्ले पनि अर्कै युवती लिएर भारततिर गएपछि एलिसा वैदेशिक रोजगारीका लागि ०७४ मा मलेसिया गएकी थिइन् । मलेसिया गएको सात महिनापछि उनी फर्केर तुलसीपुरस्थित माइतीमा आइन् । माइतीमा केही दिन बसेर फेरि उनी काठमाडौं आएको पनि जानकारी दिइएको छ । गौतम काठमाडौंमा एक वर्ष बसेर पाँच महिनाअघि तुलसीपुर गएर बसेकी थिइन् । उनी बस्ने गरेको माइतीघरमा १५ महिनादेखि दुई कोठा भाडामा लिएर एक मजदुर बस्दै आएको पनि खुलासा भएको छ । प्रहरीका अनुसार उनको कोठाबाट ‘आई लभ यु मम् ।मलाई हजुरको धेरै याद आयो । म आज धेरै दुःखी छु । मेरो भाग्य हेर्नु त । म आज अन्तिम अवस्थामा पुगेको छु’ लेखेको नोटबुक प्राप्त भएको छ । देहत्यागबारे आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

Related Articles

Back to top button
Close