News

नायिका निरिशा बस्नेतले जितिन कोरोना

काठमाडौं । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छन् ।अभिनेता विश्व बस्नेतले फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोना जितेर छोरी घर फर्किएको जानकारी दिएका छन् । निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएकी थिइन् ।

त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् ।

आफूसँगै बस्ने साथीमा कोरोना पोजेटिभ पाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना उनमा पनि संक्रमित देखिएको थियो । विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशाले ले नेपाली चलचित्र ‘जानी नजानी’ मुख्य नायिकाको रूपमा गत वर्ष अभिनय गरेकी थिइन् ।

Related Articles

Back to top button
Close