News

कतारबाट १ हजार ४ सय नेपाली स्वदेश फर्किए

दोहा : कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हालसम्म पहिलो चरणको आठौं पटकसम्म आइपुग्दा १ हजार ४ सय ७७ पुगेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार हालसम्म ३४ वटा शव पनि नेपाल पठाइए सकिएको जनाएको छ । यस्तै दूतावासका अनुसार कतारबाट स्वदेश फर्कने नेपालीले अनिवार्य रुपमा एह्तेरज एप प्रयोमा ल्याउनु पर्ने जनाएको छ ।

यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले यो एप आफ्नो मोबाइलमा डाउनलोड गरी मोबाइला र कतारी आइडी नम्बर हालेर संचालन ल्याउन सकिने दूतावास जनाएको छ ।
कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक एक वटा उडान भर्ने दूतावासले जनाएको छ ।

यस्तै कतारमा हालसम्म कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९८ हजार ६ सय ५३ जना पुगेको छ । हालसम्म ८८ हजार ५ सय ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय २१ जना रहेका छन् । कतारले कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध स्थिति सामान्य बन्दै गएको खण्डमा सेप्टेम्बर १ देखि मुलुकलाई सामान्य स्थितिमा फर्काउने तयारी गरेको छ ।

Related Articles

Back to top button
Close