News
भारतको राजधानी दिल्लीमा ४.५ रेक्टर स्केलको भुकम्प महसुस
२० असार, काठमाडौंः भारतको दिल्ली स्थित एकसीआरमा एकपटक फेरि भुकम्पको झट्का महसुस गरिएको छ ।
समाचार एजेन्सी एएनआइका अनुसार भारतको नेशनल सेन्टर फर सिस्मोलोजीले भुकम्पको झटका महसुस गरेको बताएको छ । सेन्टरका अनुसार भुकम्पको तीव्रता ४.५ स्केल रेकर्ड गरिएको छ ।
भुकम्पको केन्द्र भारतको राजधानी दिल्ली नजिक रहेको गुरुग्रामबाट ६३ किलोमिटर दक्षिण–पश्चिममा रहेको पाइएको छ । सेन्टर फर सिस्मोलोजीका अनुसार हिजो साँझ करिब सात बजेतिर भुकम्पको झट्का महसुस गरिएको छ ।
दिल्लीमा भुकम्प महसुस भएसँगै मानिसहरु घर बाहिर निस्किएका छन् । अहिलेसम्म यो भुकम्पको झट्काको कारण भारतमा कुनै किसिमको क्षती भएको छ वा छैन भन्ने बारेमा केही सुचना आएको छैन ।