News

बझाङमा भीषण पहिरो : १७ घर बगायो, ७ जना बेपत्ता

बझाङ, २० असार । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिराले बगाएको छ ।

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिराेमा परी ७ जना बेपत्ता भएका छन् ।

गाउपालिकाका प्रमुख प्रसासखीय अधिकृत धनराज जोशीले ३०/४० घर भएको ठाउँमा पहिरो गएको जानकारी दिनुभयाे । ७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएकाे र थप विवरणका लागि घटनास्थल गैरहेका उहाँकाे भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाई सकिएको जानकारी दिनुभयाे । बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन ।

अहिले प्रहरी टोली त्यहाँ पुग्न नसकेपछी हेलिकाेप्टरको लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । तत्काल जिल्लाबाट गएको प्रही टोली त्यहाँ पुग्ने सम्भावना कम भएपछि हेलिकाेप्टर मार्फत उद्धार गर्नु पर्ने देखिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो ।

हेलिकाेप्टर चार्टरका लागी तयारी अवस्थामा रहेको र घटनास्थलमा प्रहरी टोली पुगेपछि थप जानकारी प्राप्त हुने प्रजिअ भण्डारीले बताउनु भयो । घाइतेको अवस्था र उद्धारकाको काममालाई मध्ये नजरगरी हेलिकाेप्टर आउने नआउने बिषयमा टुङ्गो लाग्ने प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close