News

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना संक्रमण

काठमाडौं, २० असार । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको भनेर ट्वीटरबाटै जानकारी दिएका छन् ।

कोरोनासँग मिल्ने लक्षणहरु देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । ज्वरो महशुस भए लगत्तै होम क्वारेन्टाइनमा बसेको उनले जानकारी दिएका छन् । तर पनि उनले घरमै बसेर जिम्वेवारी पुरा गर्ने बताएका छन् ।

उनले ट्वीटिरमा भनेका छन् -‘भगवानको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु। घरबाट नै म आफ्नो जिम्मेवारी निभाउने छु। कृपया मेरो लागि प्रार्थना गर्नुहोस् ।’

दक्षिण एशियाका अति प्रभावित मुलुकमध्ये पाकिस्तान पनि एक मुलुक हो । पाकिस्तानमा २ लाख २१ हजार ८९६ जनामा कोरोना भाइरसको लक्षण पाइएको छ । जसमा ४ हजार ५५१ को ज्यान गइसकेकोछ । त्यस्तै १ लाख १३ हजार ६ सयभन्दा बढी निको भएर घर फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close