News

नेहाका पूर्वप्रेमी भन्छन्, ‘उनको आँशुले मलाई पिरोल्यो’

नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअपपछि नेहा एकदमै दुःखी भएकी थिइन् ।

उनले आफूले गरिरहेको शो ‘इंडियन आइडल’मा पनि उक्त विषय लिएर खुब रोएकी थिइन् ।

उनले आफ्नो सामाजिक सञ्जालबाट पनि आफ्ना भनाइहरु अभिव्यक्त गरेकी थिइन् ।

सो समयमा हिमांश कोहली एकदमै चुपचाप थिए ।

अहिले भने हिमांशले नेहासँगको ब्रेकअपको विषयमा आफ्नो भावना बताएका छन् ।

बम्बे टाइम्ससँगको अन्तर्वार्तामा हिमांशले भनेका छन्, ‘मेरो तर्फबाट यो कुनै नराम्रो भएको थिएन ।

तर जब अनुमान लगाउन शुरु भयो तब कुरा खराब हुन थालेको हो । यो मेरो जीन्दगीको सबैभन्दा नराम्रो अवस्था थियो ।

अब सबैकुरा ठिक भइसकेको छ । तर एक समयमा सामाजिक सञ्जालमा ममाथि नचाहिँदो प्रश्नहरु उठाइरहिएको थियो ।’

‘कसैले पनि वास्तविक कुरा जान्न चाहिरहेका थिएन र म भिलेन बनेँ । यो मेरोलागि एकदमै दुःखद कुरा थियो ।

मैले केही पनि भनेको थिइन र नेहाले जे भन्यो त्यसकै हिसाबमा मानिसहरु आ–आफ्नो निष्कर्ष निकालिरहेका थिए,’ उनले थपे, ‘उ टिभी शोमा रुन थालेपछि सबैले विश्वास गरेर मलाई आरोप लगाए ।

म पनि रुन चाहान्थेँ, आखिर हामी सबै मानिस नै हौँ ।’

कुनै समय आफूले सामाजिक सञ्जालमा केही लेख्न चाहेर पनि लेख्न नसकेको बताउँदै हिमांशले केही समय पर्खनेबारेमा सोचेको स्पस्ट पारे ।

उनले भनेका छन्, ‘शोमा रोएर उसले सावित गर्न खोजेको कुराले म एकदमै दुखी भएको थिएँ तर पनि उसले मेरोबारेमा यस्तो किन गरिन भनेर मैले कहिल्यैपनि सोधिन ।’

हिमांशले ब्रेकअपको कारण नखुलाए पनि नेहासँग सहमतिमै ब्रेकअप भएको बताएका छन् । उनले भने, ‘हामी सहमतिमै छुट्टीएका हौँ, उसले मुभ अन गर्ने निर्णक्ष् गरिन् ।

म उनको इज्जत गर्छु । तर समय बदलियो । उ हरेक समय सामाजिक सञ्जालम केही न केही लेखिरहेकी हुन्थिन् ।

Related Articles

Back to top button
Close