News

भारतमा कोरोनाको कहर: २४ घण्टामा २२ हजार भन्दा बढी कोरोना संक्रमित थपिए , ४४२ जनाको मृत्यु

नयाँ दिल्ली, २० असार – भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८ हजार ३१५ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा भारतमा थप २२ हजार ७७१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४४२ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।
विज्ञप्ति अनुसार “शनिबार विहान ८ बजेसम्म १८ हजार ६५५ सङ्क्रमितको मृत्यु भएको र छ लाख ४८ हजार ३१५ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार २२७ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।”

शुक्रबार विहानसम्म सङ्क्रमितको सङ्ख्या छ लाख २५ हजार ५४४ रहेको थियो भने मृत्यु सङ्ख्या १८ हजार २१३ रहेको थियो ।शनिबारसम्मको विवरण अनुसार भारतमा अझै दुई लाख ३५ हजार ४३३ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरूलाई देशभरका सयौँ अस्पतालहरूमा उपचार सेवा प्रदान गरिराखिएको छ ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यवसायिक अन्तराष्ट्रिय उडानहरूलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारहरूमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन सङ्क्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगहरूलाई सञ्चालनमा ल्याएको छ । तर विद्यालय र ठूलो जमघट हुने स्थानहरूलाई अझै सञ्चालनमा ल्याइएको छैन ।(रासस÷सिन्हवा)

From The Web
Sponsored by Revcontent
Kalimate Millionaire Mom Exposes How to Make Lakhs Per Month from Home
Kalimate Millionaire Mom Exposes How to Make Lakhs Per Month from Home
Famous People Who Died Without You Knowing
Famous People Who Died Without You Knowing
Revcontent Powers 100 Billion Content Recommendations A Month
Revcontent Powers 100 Billion Content Recommendations A Month
Florida CEO to Help Publishers Grow Revenue; Improve User Experience
Florida CEO to Help Publishers Grow Revenue; Improve User Experience
With Ads In Place, Google Takes Training Wheels Off AMP
With Ads In Place, Google Takes Training Wheels Off AMP
Scale Your Content and Drive Traffic with Revcontent
Scale Your Content and Drive Traffic with Revcontent
Comment

Related
बर्षासँगै आएको बाढीका कारण १३ जना बेपत्ता,सयौँ व्यक्तिहरु प्रभावित

टोकियो, २० असार – जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी

उत्तर कोरियामा कोरोना सङ्क्रमण नभएको दाबी सहि हो ?

काठमाडौं-उत्तर कोरियाली नेता किम जङ-अनले कोभिड-१९ विरुद्ध आफ्नो देशले प्राप्त गरेको ‘सफलता’ को प्रशंसा गरेको

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

लण्डन,असार २०- कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई

पाकिस्तानका विदेश मन्त्री कुरैशीलाई कोरोना सङ्क्रमण, आफैले ट्वीट गरेर दिए जानकारी

काठमाण्डौं– पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि

Related Articles

Back to top button
Close