News

अस्ट्रेलियाको मेलबर्नमा एउटा मार्गकाे नाम ‘गाेर्खा वे’ राखियाे !

मेलबर्न, २० असार । अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्धम भाले (Wyndham Vale) काउन्सिलमा एक बाटाेकाे नाम ‘गाेर्खा मार्ग’ राखिएकाे छ । त्यहाँ बन्दै गरेको एउटा नयाँँ बस्तीमा दोश्रो विश्वयुद्धमा बहादुरी प्रदर्शन गरेर वीरगति प्राप्त गर्ने नेपालीको सझनामा एउटा बाटोको नाम गाेर्खा मार्ग (Gorkha Way) राखिएको हाे ।

यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी रहेका छन्, जस्ले करीब १ हजार वर्गमिटर क्षेत्रफल ओगट्छ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ ।

यसरी बाटोको नाम राख्नका लागि मेलबर्नको वैरबी निवासी रोशनी श्रेष्ठले पहल गर्नु भएको हो । यस्तो सोच उहाँ भिक्टोरिया राज्यकै अर्को शहर वालाराट बस्दादेखि नै आएकाे भए तापनि त्यहाँ यस्का लागि उपयुक्त वातावरण नपाएको बताउनुभयाे । वैरबीमा बस्न थालेपछि त्यहाँ यु’द्ध संग्रहालय पनि भएको पाएपछि नयाँँ बस्तीमा आफ्नो सोचलाई मूर्त रुप दिन सकिन्छ कि भनी पहल गरेकाे सुनाउनुभयाे ।

पहिला काउन्सिलमा प्रस्ताव राख्दा काउन्सिलले डेभलोपरसँग समन्वय राख्नुपर्ने सुझाएपछि डेभलोपरसंगको कुराकानीपश्चात् प्रस्तावलाई मूर्त रुप दिन अवधारणा प्रस्ताव माग गरेपछि उहाँले पेश गर्नुभएको थियाे । साे अवधारणा प्रस्तावलाई रिभरवाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलोपरले स्वीकृति प्रदान गरेपछि यस्लाई आधिकारिकता दिन असिस्टेण्ट डेभलोपमेण्ट मैनेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएकाे र तत्पश्चात काउन्सिलको स्वीकृतिपछि यो नामले आधिकारिकता पाएको उहाँले बताउनुभयाे ।

भिक्टोरिया क्रस प्राप्त नेपालीको सम्मानमा यही बाटोको नजिकै शालिक राखेर कम्तीमा पनि वर्षको एकपटक यही बाटो हिँड्दै गएर शालिकमा सम्मान दिन पाए हुन्थ्यो भन्ने श्रेष्ठको सोच रहेको छ । यस्का लागि अवधारणा प्रस्ताव बनाउँदा र प्रकृया अगाडि बढाउँदासम्म जग्गा नै बाँकी नहुन सक्ने भएकोले यथाशक्य छिटो डेभलोपरसँग समन्वय गरी योजनाकारलाई यो प्रयोजनको लागि सम्भव भएसम्म आवश्यक जग्गा छुट्याइदिन अनुरोध गर्न लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का सल्लाहकार रामकुमार श्रेष्ठले सुझाव दिनुभएकाे छ ।

Related Articles

Back to top button
Close