News

इलामको देउमाई नगरपालिकाको नवमी क्वारेन्टाइनमा रहेका २६ वर्षीय पुरुषलाई कोरोना संक्रमण

इलाम, १९ असार । इलामको देउमाई नगरपालिकाको ८ नवमीमा रहेको क्वरेन्टाइनमा रहेका २६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी यही असार १३ गते कतारबाट आएर उक्त क्वारेन्टाइनमा बसेका थिए । उनीसँगै झापाको चारआलीबाट एउटै गाडीमा आएका अन्य ५ जनालाई पनि यतिवेला क्वारेन्टाइनमा राखिएको देउमाई नगरपालिकाका नगरर प्रमुख सूर्य पोख्रेलले जानकारी दिए ।

उनलाई अहिले गोठगाउँमा रहेको कोरोना अस्पताल पठाउने तयारी भइरहेको पनि पोख्रेलले जनाए ।
योसँगै इलाममा कोरोना संक्रमितको संख्या ११ पुुगेको छ । जसमध्ये दुई जना संक्रमित उपचारपछि कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close