News

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८८ पुग्यो, गोरखामा एक संक्रमितको मृत्यु

पोखरा, २० असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८८ पुगेको छ । सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आज ११:४० बजे थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०८८ पुगेको हो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गोरखाका ४ जना र कास्कीका ४ गरि ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलार्य आ-आफ्नै जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । त्यस्तै कोरोना संक्रमणबाटै गोरखा अस्पतालमा जिल्लाको पालुङटार नगरपालिका – ७ का बर्ष ४४ वर्षीय एक व्यक्तिको ज्यान गएको छ । उनकाे शव व्यवस्थापनकाे तयारी भैरहेकाे छ ।

Related Articles

Back to top button
Close