News

ताप्लेजुङको बहानन्दे–दोभान सडकको विजोग : ९ किलोमिटर पार गर्न ३ दिन

ताप्लेजुङ, २० असार । हिउँदमा घुलाम्मे र वर्खामा हिलाम्मे हुनु कच्ची सडकको विषेशता नै हो । ताप्लेजुङका चार स्थानीय तहलाई सदरमुकाम फुङलिङसँग जोड्ने बहानन्दे–दोभान सडकखण्ड पनि यसैको उदाहरण बनेको छ ।

मदन भण्डारी मार्गमा समेत पर्ने यो सडकको स्तरोन्नतिमा सरकारले ध्यान नदिदा ठूलो संख्याका ताप्लेजुङवासी सास्ती खेप्न बाध्य छन्

मदन भण्डारी मार्गको बहानन्दे–दोभान खण्ड असार यता ठप्पजस्तै छ । हिलाम्मे सडकको दुई दर्जन बढी स्थानमा सवारी साधन घन्टौं फस्ने गरेका छन् ।

झरीका बिच ब्याक कटिङ गरेर माटो सडकमा हालिएकाले गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ । नौ किमी दूरी पार गर्न तीन दिनसम्म लाग्ने गरेको चालक विकास भण्डारी बताउँछन् ।

यो आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाका स्थानीयले सदरमुकाम फुङलिङ जान प्रयोग गर्ने सडक हो । निर्माणाधीन मेवाखोला र मध्य तमोर जलविद्युत् आयोजना समेतका गरी यहाँ दैनिक पाँच सय हाराहारी सवारी कुद्ने गरेका थिए ।

अहिले मोटरसाइकलसमेत कुद्न नसक्ने भएपछि कोहि घुमाउरा वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन् भने, कति पैदलै हिड्न थालेका छन् । सडक सुधारका लागि बर्षेनी बजेट आउने गरेको छ । तर, अन्यत्तै कम । जसको पनि सहि सदुपयोग हुन नसकेको स्थानीय इन्द्र गिरीको भनाइ छ ।
असारे झरीकाबीच अहिले पनि सडक मर्मत भइरहेको छ । दुई निर्माण कम्पनीले सडक फराकिलो बनाउने, सोलिङ बुन्ने, ग्याविङ वाल लगाउने कार्य गरिरहेका छन् । पानी निरन्तर परिरहेकाले कामको गुणस्तरका स्थानीयको आशंका छ ।

सडकको ठेक्का लगाएको उत्तर–दक्षिण ओलाङचुङगोला सडक आयोजना कार्यालय भने लकडाउनका कारण काममा ढिलो बताएको बताउँछ । एक हप्ताभित्र काम सकिने र त्यसपछि बाटो राम्रो हुने उत्तर–दक्षिण ओलाङचुङगोला सडक आयोजनाका कार्यालय प्रमुख रामबहादुर गुरुङको दावी छ ।

मेची राजगमार्ग पछि पुरानो ताप्लेजुङमा खनिएको यो पुरानो सडक हो । यो सडकले मदनको जन्मघर ढुङ्गेसाँधु, तेह्रथुमको बसन्तपुर हुँदै धरान जोडिन्छ । मेची राजमार्गबाट भन्दा यहाँबाट छिटो तराई झर्न सकिन्छ ।

Related Articles

Back to top button
Close