News

थप २ सय ७२ निको भए, कुल ६ हजार ४ सय १५ संक्रमित घर फर्किए

काठमाडौं, २० असार । हरेक दिन थपिने संक्रमित भन्दा निको हुनेको संख्या दिनानुदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा २ सय ३२ संक्रमित थपिदा निको हुनेको संख्या २ सय ७२ रहेको छ ।

शनिबार थपिएको योसंख्या सहित नेपालमा निको भएर घर फर्किने कुल संक्रमितको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।

सरकारले पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या २३ पुर्याए पनि पीसीआर परीक्षणले भने अझै पनि रफ्तार लिन सकेको छैन ।

असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने प्रतिबद्धता स्वास्थ्य मन्त्रालयले व्यक्त गरेपनि यो संख्याले अझै पनि ६ हजार नाघ्न सकेको छैन । त्यसमाथि पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण जम्मा ४ हजार ५० जनाको मात्र भएको छ ।

यद्धपि आइसोलेसनमा भएको सही व्यवस्थापन, अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको भूमिकाले नेपालमा निको हुनेको संख्या दिनानुदिन बढ्दो छ ।

Related Articles

Back to top button
Close