News

दैलेखमा रित्तिदै क्वारेन्टाइन र आईसोलेशन, संक्रमितको संख्या पनि घट्दो

दैलेख, २० असार । दैलेखका अधिकांश क्वारेन्टाइनहरु रित्तिदै गएका छन् । रोजगारीको लागि भारत गएका नेपाली घर फर्कने दर घटे पछि क्वाराईनटाईन र आईसोलेशनहरु वार्डहरु रित्तिदै गएका हुन् । जिल्लाको नारायण नगरपालिकाको २ वटा विद्यालयमा जम्मा १६ जना मात्र क्वारेन्टाइन रहेका छन् । २० बेडको क्षमता रहेको सरस्वति मा.बि को आईसोलेशनमा हाल जम्मा ५ जना मात्र उपचाररत छन् । कुनै समय सबै बिद्यालय भरिएर बरण्डा र पालमासम्म राख्नु पर्ने अबस्था रहेको यो स्थानमा हाल नेपाल भित्रिने संख्यामा कमि आएसंगै क्वारेन्टाइनहरु रित्तिएका हुन् ।

Related Articles

Back to top button
Close