News

प्रदेश २ मा संक्रमितको संख्या साढे ३ हजार नाघ्यो, अझै ३ हजार बढीको नतिजा आउन बाँकी

जनकपुरधाम,२० असार । प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा २६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार धनुषामा १५ जना र सर्लाहीमा ११ जना व्यक्ति संक्रमित भएका छन् ।

शनिबार संक्रमित भएकाहरु मध्ये ५ जना महिला र २१ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ९३ पुगेको छ । संक्रमित मध्ये ३ हजार ३ सय ६४ पुरुष र २ सय २९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

देशभरमा शनिबारसम्म सप्तरीमा ४ हजार ७ सय ९१, सिरहामा २ हजार ८ सय ४५, धनुषामा ४ हजार ४ सय ५१, महोत्तरीमा ३ हजार ५ सय ३२, सर्लाहीमा ५ हजार ६ सय २७, रौतहटमा १३ हजार ३ सय १३, बारामा ३ हजार ५ सय ७९ र पर्सामा ६ हजार ९ सय ९२ जना गरि कुल ४५ हजार १ सय ३० जनाको स्वाब परीक्षण गरिएकोमा ३ हजार ५ सय ९३ जना संक्रमित भएका छन् भने ३८ हजार २ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ३ सय ६, सिरहामा ५ सय ५६, धनुषामा ३ सय ६, महोत्तरीमा ५ सय १५, सर्लाहीमा ३ सय १८, रौतहटमा ७ सय २, बारामा ३ सय ३१ र पर्सामा २ सय ६७ जना गरि कुल ३ हजार ३ सय १ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ६७ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सिरहाका १४ जना, धनुषाका ३४ जना, महोत्तरीका ९ जना र सर्लाहीका १० जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ७६, धनुषाका ३ सय १३, महोत्तरीका १ सय ९७, सर्लाहीका ५ सय २५, रौतहटका ५ सय २५, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरि २ हजार ३५ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १–१ जना गरी ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Related Articles

Back to top button
Close