News

काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस, संक्रमण समुदायमा पुग्यो ! (भिडियो)

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उपत्यकाको ढलमा कोभिड नाइन्टिन भाइरस फेला परेपछि संक्रमण बढ्ने अनुमान गरिएको हो ।

उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड नाइन्टिनको भाइरस फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

काठमाडौं उपत्यकामा बगेर आउने ढलमा धेरै घरको दिसापिसाब आउने भएकाले ढलमै कोरोना भाइरस देखिनुले समुदायमा फैलिएको पुष्टि हुने विज्ञहरुले बताएका छन् । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।

अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको अनुसन्धानकर्ता बैज्ञानिक डाक्टर दिबेश कर्माचार्यले बताउनुभयो ।

ढल मै कोरोना भाइरस देखिएपछि धेरैलाई ढलमा भएको कोरोना कसरी परीक्षण गरियो भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ ।

काठमाडौ उपत्यकाकै ढलमा कोरोना देखिसकेको अनुसन्धानले समुदाय मै संक्रमण फैलिइसकेको संकेत गरेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउनु आवश्यक रहेको जनस्वास्थ्य बिद डा समिरमणि दीक्षित बताउनुहुन्छ ।

त्यसो त काठमाण्डौमा समुदाय मै कोरोना फैलिएको संकेत त ट्राभल हिस्ट्री नै नभएकालाई कोरोना देखिनुले गरिसकेको छ ।

हालसम्म उपत्यकामा देखिएका मध्ये १२ जना संक्रमितको कुनैपनि ट्राभल हिष्ट्री नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close