News

काठमाडौं उपत्यकाका १६५ स्थान बाढीपहिरोको उच्च जोखिममा

काठमाडौं, असार २१-बाढी, पहिरो र डुबानका हिसाबले काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा देखिएका छन्।
गृह मन्त्रालयले तयार गरेको तथ्याकंअनुसार काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको देखिएका हुन्।

‘काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किन सक्ने’ भनिएको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

यसैगरी, ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको तथा भक्तपुरमा २२ स्थानमा डुबान, ८ स्थानमा बाढी र १३ स्थानमा पहिरो जान सक्ने सम्भावना छ।

Related Articles

Back to top button
Close