News

प्रधानमन्त्रीलाई नेकपा प्रवक्ताको जवाफ- महाअभियोग प्रस्ताव ल्याउने झुठा प्रचार नगरौं

काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटाे प्रचार नगर्न आग्रह गर्नुभएकाे छ । उहाँले शनिबार साँझ सामाजिक ट्विटरमा लेख्दै राष्ट्रपति संस्थाको अवमूल्यन नगर्न आग्रहसमेत गरेका गर्नुभएकाे छ ।

शनिबार प्रधानमन्त्री केपी ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने तयारीको सूचना आफूले पाएको दाबी गर्नुभएकाे थियाे । शनिबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र हुन लागेको बताउँदै तपाईँहरुको लाईन कता हो ? भन्दै साईडक क्लियर गर्न निर्देशन दिनुभएकाे थियाे ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ- हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौँ । राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटाे प्रचार कसैले नगरौँ । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौँ । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ ।

Related Articles

Back to top button
Close