News

ओली र प्रचण्ड निर्णयक वार्तामा, भारतीय मिडिया भन्छ ‘ओली सरकार ढलाउँछौ’

काठमाडौं, २१ असार पार्टी भित्रैवाट अविश्वासमा परेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल अहिले निर्णायक वार्तामा बसेका छन् । चरम बिवादमा परेको नेकपा नेतृत्व किचलो समाधान गर्न सफल भै रहेको छैन । कार्यकर्ताहरु माओवादी र एमाले भएर एक अर्का नेता पैति कटाक्ष गरिरहेका छन् । केपी ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै छोड्न तयार छैनन् ।

भारतीय मिडिया, भारतले केपी ओलीलाई गलाएको र भारतले यो सरकार ढाल्न लागेको भन्दै प्रचार गरिरहेको छ । सल्य कुरो बाहिर नआउँदा बिभिन्न अडकल गरिएका छन् ।

यसै मेसोमा, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच अहिले निर्णायक बैठक हुँदैछ । बैठकको एक मात्र एजेण्डा पार्टी फुट्न नदिने भएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार प्रचण्ड पुगेपछि बैठक सुरु भएको हो ।

दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा राखिएको श्रोतले बतायो । बालुवाटार श्रोत भन्छ, ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन । नेकपा स्थायी कमिटी बैठक भोलि बस्दैछ । त्यसअघि नै सहमति जुटाउन उनीहरुमाथि दबाव छ । आज सहमति ननिस्किए पार्टी एक रहने हो वा होइन भन्न नसकिने समेत बालुवाटार श्रोतले बतायो ।

नेपालमा भइरहेको राजनीतिक घटनाक्रमलाई लिएर भारतीय मिडियामा पनि प्राथमिकताका साथ समाचार प्रशारण भइरहेको छ । भारतसंग सम्बन्ध विगारेका कारण ओली अप्ठेरोमा परेको भन्दै भारतीय मिडियाले दावी गरेका छन् । काठमाडौंमा सरकार विरुद्ध भएका प्रदर्शनलाई लिएर भारतीय मिडियाले खुसी ब्यक्त गरेका छन् ।

उनीहरुले भारत नै ओली सरकार ढाल्न लागेको र अबका प्रधानमन्त्री प्रचण्ड हुने दावी सहित समाचार प्रसारण गरेका छन् । भारतीय मिडिया आजतक, एनडि टिभी लगायतले यस्तो दावी सहित समाचार प्रसारण गरेका छन् । भारतीय मिडियाले चीनको इसारामा भारतीय प्रधानमन्त्रीले भारतसंगको सिमा समस्या निकालेको र नयाँ नक्सा जारी गरेको आरोप लगाउँदै आएका छन् ।

Related Articles

Back to top button
Close