News

सुशान्तको ‘भिसेरा रिपोर्ट’ आयो, यसरी भएको थियो मृ त्यु!

करिव १५ दिन अघि बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो। उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनले घरमै पासो लगाएर आफ्नो ज्यान फालेपनि परिवारले भने मृत्यु रहस्यमय भन्दै अनुसन्धानको माग गरेको थिए ।

मुम्बई प्रहरीले घटना रहस्यमय भन्दै यस घटनालाई लिएर अझै पनि अनुसन्धन गरिरहेको छ । हालसम्म प्रहरीले सुशान्तका परिवारका व्यक्ति, कलाकार, नजिकका साथी रिया चक्रवर्ती लगायतसँग बयान लिइसकेको छ । सुशान्तको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ ।

प्रहरी रिपोर्टमा पनि पासो लगाएको र श्वास रोकिएपछि उनको ज्यान गएको उल्लेख रहेको छ। रिपोर्टमा उनको शरीरमा कुनै किसिमको बाहिरी चोट नदेखिएको बताइएको छ । यस्तै सुशान्तका विसरा रिपोर्ट पनि आइसकेको छ ।

मृतकको शरीरमा केही न ।शालु पदार्थ वा केही रसायन छकी भन्ने पत्ता लगाउन शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गर्नु विसरा परिक्षण हो । मुम्बाईस्थित जेजे अस्पतालमा गरिएको विसारा परिक्षणको रिपोर्ट १७ दिनपछि आएको हो । भिसेरा रिर्पोटमा उनमा कुनै पनि न ।शालु पदार्थ नभएको र पासो लागेर नै उनको मृत्यु भएको जेजे अस्पतालले पुष्टि गरेको छ ।

Related Articles

Back to top button
Close