News

सुष्मिताको अन्तिम भिडियो का रुणिक दृश्यले मनै छोयो (हेर्नुहोस भिडियो)

घरकी एक मात्र छोरीको त्यो भब्य विवाह/ सुस्मीताका बाबु कृष्ण केसी भारतीय सेनाका अवकास प्राप्त ब्यक्ति हुन । उनका छोरा पनि भारतीय सेनामा कार्यरत छन । एक छोरा र एक मात्र छोरी सुस्मीताको स्नातक सकेर विवाह गराउने रहर त्यो परिवारमा थियो ।

त्यही क्रममा एक जना आफन्तजनले गत बर्ष लगनको महिना बैशाखमा हेटौडाका शिव भनेर चिनिने रुपेन्द्र थापासंग सुस्मीताको विवाह गराउने प्रस्ताव बाबुसंग राखे ।छोरी सुस्मीता दिल्लीमा स्नातक गर्दै थिईन । सुस्मीतालाई केटाको फोटो मगाएर हेर्न पठाईयो । बाबु केसी भन्छन– ज्वाँई ईन्जिनियर हुनुहुन्थ्यो । आमासंग कुरा भए छ केटा त ठीकै छ तर टाढा भयो भन्ने जवाफ दिईछन । त्यसपछि टाढा भएर केही गर्दैन भनेर सम्झाइयो र छोरीको २३ बर्षको उमेरमा २०७६ बैशाख १८ गते भब्य रुपमा मागी विवाह भएको थियो ।

विवाहको पहिलो दशै दशामा परिणत – सुस्मीताकी आमा गंगा केसी भन्छिन –‘गएको दशैमा ज्वाँई टिका थाप्न आउनु भएको थियो । छोरी यहि थिइन । पल्टनबाट छोरा पनि आएकोले छोरीको विवाहको पहिलो दशै सपरिवार बसेर मनाइयो । टीका थापेर ज्वाई मोटर साइकलमा घर फर्किदै हुनुहुन्थ्यो । असोज २३ गतेका दिन थियो । दाउन्ने पुग्दा ट्रिपरले उहाँको मोटरसाईकललाई हानेर उहाँको ज्या न गएको थियो, छोरी यतै थिइन।’

यसरी विवाहको छ महिना नपुदै पति वियोगको पीडा सहेर बसेकी सुस्मीताले स्नातक सकेर दिल्लीमा मास्टर डिग्री गर्न जाँने अन्तिम तयारीमा थिइन । त्यही बेलामा लकडाउन सुरु भयो ।उता ज्वाँईको छमासिक गर्न जान्छु भनिन छोरीले त्यसपछि बुवाले प्रशासनमा पुगेर गाडीको पास बनाएर चैत्र २१ घरमा छाड्न जानु भएको थियो, यसरी सुस्मीताकी आमा पीडा सुनाउँछिन ।

बाबु केसी भन्छन, ‘मैले सम्धीलाई बीचमा फोन गरेर पठाइदिनु प¥यो भनेको पनि हुँ , वीमा कम्पनीको कागज पत्रमा साईन गर्न छ भन्दै हुनुहुन्थ्यो । छोरीले पनि ती कागजपत्र मिलाएर आउँला भन्दै थिइन । यता उनी दिल्ली हिड्न तयार पारिएको कपडालत्ता त्यत्ति कै छन ।

केसी दम्पत्ती थप्छन, ‘घरको चुलामा छोरीको विभत्स ह’त्या गरिएको छ । घर भन्दा बाहिरको मान्छे आएर ह’त्या गरेका होलान भन्न सकिन्न । घर कै मान्छे नै हुनु पर्छ । छोरीका ससुराको नाम प्रकाश थापा हो । उहाँकी एउटी छोरीको विवाह भई सकेको छ । मेरी छोरी भन्दा जेठो उमेरकी घरमा अर्की छोरी सिता थापा र उनकी आमा घरमा बस्छन ।’

Related Articles

Back to top button
Close