News

चीनमा अर्को रोगको महामारीको संकेत, गम्भिर अवस्थाको विरामी अस्पताल भर्ना गरियो

एजेन्सी । चीनवाट फेरी अर्को रोगको महामारी फैलन संकेत देखिएको छ । चीनवाट सुरु भएको कोरोना अहिले विश्वव्यापी फैलिरहेको छ । त्यसको रोकथामका लागि खोपको परिक्षण भएको छ भने कोरोनाको स्रोत पत्ता लगाउने काम भइरहेको छ । कोरोनाको कहर सकिन नपाउँदै फेरी अर्को महामारीको संकेत चीनमा देखिएको बीबीसीले जनाएको छ ।चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग पुष्टि भएको छ ।

प्लेग कोरोना भन्दा बढी मानिसको निधन गराउने दर भएको रोग हो । प्लेग देखिएका ति पुरुषलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनको अवस्था नाजुक रहेको बताइएको छ ।यस अघि नै वैज्ञानिकहरुले चीनवाट अर्को महामारी फैलने र त्यो सुँगुरको कारणले हुने दावी गरेका थिए ।

Related Articles

Back to top button
Close