News

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयाभह हुने संकेत, आज एकै दिन ५४ जना संक्रमित फेला

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिँदै उपत्यकाका ३ जिल्लामा ५४ जना कोरोना संक्रमित भेटिएको बताए । जसअन्र्तगत काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित कहाँका हुन् भन्ने खुलाएनन् ।

त्यस्तै आज नेपालमा आज थप २ सय ६४ जनाले कोरोना जितेर घर फर्केका छन् । त्यस्तै आज थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय ८० संक्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १५ हजार ९ सय ६४ कोरोना संक्रमित फेला परेका छन् । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमित बिरामी भन्दा निको हुनेको संख्या बढीरहेको छ । अहिलेसम्म नेपालमा ६ हजार ५ सय ४७ जनाले कोरोनालाई जितेका छन् । जुन आँफैमा सुखद पक्ष हो

Related Articles

Back to top button
Close